site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । नयाँ शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शनिबार विद्यार्थीले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

पुरानो शिक्षा ऐन खारेज गरी नयाँ जारी गर्नुपर्ने भन्दै नेपाल समाजवादी पार्टीनिकट नेपाल समाजवादी विद्यार्थी युनियनको अगुवाइमा माइतीघरमा प्रदर्शन गरिएको हो ।

उनीहरूले ०२८ सालको पञ्चायती शिक्षा ऐनलाई खारेज गर्न माग गरे । कुनै पनि बहानामा नयाँ शिक्षा ऐन जारी गर्न ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ ।

प्रदर्शनमा सहभागीले ‘पञ्चायत ऐन खारेज गर’, ‘शिक्षा आयोग, प्रतिवेदन खोइ ?’ ‘शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापार बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro