site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सपनामा भाषण गर्दा पनि एमाले नै भन्छु : राजेन्द्र राई

विराटनगर । नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले आफूले सपनामा पनि एमाले नै भनेर भाषण गर्ने गरेको बताएका छन् । 

आज प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्न गरेको प्रस्तावमा बोल्दै राईले आफूलाई 'एमालेमै फर्किऊँ, फर्किऊँ जस्तो लागेको' पनि बताए ।‌ "तर, एमालेले पेल्ने नीति अझै लिएको छ । यस्तोमा अहिले नै मत माग्दा दिन सकिँदैन," उनले भने ।

राईले पार्टी एकीकरण गरेर एक नै हुन सकिने र एउटै संसदीय दलसमेत बनाउन सकिने जिकिर गरे ।

"सरकार जोगाउने बेलामा मात्र होइन अरू बेला पनि खोजी गरियोस्," उनले भने । राईले प्रदेश सरकार गठन भएपछि जनतामा विकासका धेरै अवसर पुगेको पनि सुनाए ।‌

एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro