site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीको स्पष्टीकरण संसद्ले लिनुपर्छ'
फाइल तस्बिर ।

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरूलाई संसद्ले नै स्पष्टीकरण लिनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सो प्रकरणमा मुछिएका मन्त्रीहरू र अन्य कर्मचारीहरूको पनि संसद्को सार्वजनिक लेखा समितिले स्पष्टीकरण लिनुपर्ने बताए ।

सांसद सुवालले सरकारी जग्गा बेचबिखनमा संलग्नहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए ।

"गिरोहले २०४९ सालदेखि २०६७ सालसम्ममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर बेचबिखन गरेको, यसमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू समेत संलग्न भएको सार्वजनिक भयो । यस विषयमा संसद्ले पूर्वप्रधानमन्त्रीहरूलाई संसद्मै स्पष्ट गर्न लगाउन जरुरी छ । र, अन्य पूर्व प्रधानमन्त्री, मन्त्रीहरूलाई सार्वजनिक लेखा समितिले समेत ध्यानाकर्षण गर्न जरुरी छ," उनले भने । 

 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro