site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट संवैधानिक इजलासमा
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा परेको छ ।

संविधानकै विषयमा प्रश्न उठाउँदै युवराज पौडेल सफलले दायर गरेको रिट पहिलोपटक संवैधानिक इजलासमा परेको हो । यसअघि, एकल र संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

निर्वाचन आयोग कान्तिपथविरुद्ध भनिएको उक्त रिटमा लामिछानले पुनः लिएको नागरिकता समेत प्रक्रियासंगत नभएको भन्दै उनी सांसद पदका लागि अयोग्य रहेको दाबी गरिएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृतवमा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपनाप्रधान मल्ल छन् ।

यसअघि, सर्वोच्चको संवैधानिक इजलासबाटै रविको सांसद पद खारेज गरिदिएको थियो ।

त्यसबेला सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज हुने ठहर गरेको थियो ।

अहिले भने न्यायाधीश खतिवडा र सिन्हा संवैधानिक इजलासमा छैनन् भने न्यायाधीशहरु राउत र प्रधान संवैधानिक इजलासमा थपिएका छन् ।
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro