site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष चल्छ : विमलेन्द्र निधि
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष चल्ने दाबी गरेका छन् ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको समाज सेवा र शान्ति विषयक विचार गोष्ठीमा निधिले मुलुकको प्रणालीलाई सफल कार्यान्वयन गर्नका लागि पनि वर्तमान गठबन्धन पाँच वर्ष नै चल्ने भन्दै कुनै भ्रममा नपर्न सुझाव दिए ।

उनले कुनै हालतमा गठबन्धन नटुट्ने समेत स्पष्ट पारे । निधिले पाँच वर्ष सँगै हिँडेपनि ८४ को निर्वाचनमा भने कांग्रेस एक्लै लड्नुपर्ने र त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताए ।

उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागतका गर्नका लागि सबैले ध्यान केन्द्रित गर्नुपर्ने भन्दै उपलब्धिलाई संस्थागत गर्न नसके गठबन्धन, समाजवादी मोर्चालगायत सबै निरर्थक रहने जिकिर गरे ।

निधिले उमेरको बहस गर्नुभन्दा पनि विचारको बहस गर्दै पार्टीलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्न सुझाव दिए ।

 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro