site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालेनको स्पष्टीकरण नलिन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई स्पष्टीकरण सोध्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय गोकर्ण डाँगी र जगदीश घिमिरेको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै अन्तरिम आदेश गरेको हो । 

प्राधिकरणको सिनामङ्गलस्थित निर्माण भइरहेको भवनको तारबार काटेको विषयमा प्रधिकरणले महानगरबाट स्पष्टीकरण मागेको थियो । 

तर, बालेनले आफूले स्पष्टीकरण पेस गर्नु नपर्ने भन्दै महानगरको तर्फबाट उच्च अदालतमा रिट पेस दर्ता गराएका थिए । 

रिटमा प्रारम्भिक सुनुवाइपछि एकल इजलासबाट बालेनले स्पष्टीकरण दिनुनपर्ने भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

आज दुवै पक्षको उपस्थितिमा संयुक्त इजलासले उक्त आदेशलाई निरन्तरता दिएको हो ।
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro