site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अबदेखि मेटाका सबै प्लेटफर्ममा नेपाली रुपैयाँमै विज्ञापन गर्न सकिने, सरकारले कर पाउने

काठमाडौं । अबदेखि नेपालबाट मेटाका प्लेटफर्म फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र ह्वाट्सएपमा नेपाली रुपैयाँमै विज्ञापन गर्न सकिने भएको छ । फेसबुकको आधिकारिक सेल्स पार्टनर एचटीटीपूल बाई अलेफ नेपालले यस्तो सुविधा उपलब्ध गराउने भएको हो ।

अब कुनै पनि कम्पनीले मेटाका प्लेटफर्मममा विज्ञापन गर्न चाहेमा एचटीटीपूल नेपालबाट विज्ञापन गराउन सक्छन् । यसो हुँदा एचटीटीपूललाई जति डलरको विज्ञापन गरेको हो त्यति नै नेपाली रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।

एचटीटीपूलले विज्ञापन गर्न चाहनेलाई एड अकाउन्ट उपलब्ध गराउँछ । यसरी खर्च भएको पैसाबाट सरकारले १३ प्रतिशत भ्याटसमेत पाउने कम्पनीले जनाएको छ । गत साता काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले यसबारे जानकारी दिएको थियो ।

Httpool_Meta copy (2)1687774579.jpg

एचटीटीपूल नेपाल, भारतसहित विभिन्न देशमा मेटाको आधिकारिक बिक्री साझेदारको रूपमा रहेको छ ।  

एचटीटीपूल बाई अलेफका एसिया प्रशान्त क्षेत्रका प्रबन्ध निर्देशक सन्नि नागपोलले नेपालका लागि आधिकारिक बिक्री साझेदारको रूपमा विज्ञापन दाताका लागि स्थानीय बजार केन्द्रित सपोर्ट र परामर्श सेवा उपलब्ध गराउने बताएका छन् ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro