site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन सांसद गिरीको माग
फाइल तस्बिर।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दीपक गिरीले चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य गिरीले चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । 

हाल जिल्ला प्रशासन कार्यालयमार्फत दुई लाख रुपैयाँ दिने गरिएको भन्दै सो रकम नाम मात्रैको भएको उनले बताए ।

आफ्नो गृहजिल्ला दाङमा केही दिनअघि चट्याङबाट ३६ वर्षीय रामनारायण चौधरी र २६ वर्षीय समीर केसीको मृत्यु भएको भन्दै उनीहरुको परिवारलाई तुरुन्त राहत रकम उपलब्ध गराउन माग गरे ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro