site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘बगान’को गीतमा करिष्माको जीवन भोगाइ 

काठमाडौं । चलचित्र ‘बगान’को गीत सार्वजनिक भएको छ । असार २९ गते रिलिज हुने चलचित्रको गीत ‘न वारमा छु, न पारमा छु’मा सुरेश वाग्लेको शब्द,  हरी लम्सालको संगीत र अञ्जु पन्तको स्वर छ । 

भिडियोमा अभिनेत्री करिष्मा मानन्धरलाई प्रमुख स्थान दिइएको छ । गीतमा चलचित्रभित्र करिष्मा मानन्धरको जीवनकथा समेट्ने दृश्यहरु समावेश गरिएको छ । 

काखे छोरी हुर्काउँदै एकल जीन्दगी बिताउनुपर्दाका भोगाइ गीत देखिन्छ । 

चलचित्रमा अभिनेत्री मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको छ । 

चलचित्रमा सरोज खनाल, करिष्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतको अभिनय छ । 

स्वप्न नीरवको कथामा आधारित चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro