site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल प्रहरीमा ३० वर्षे प्रावधान हटाइँदै : जवान–हवल्दार र असई–सईको सेवा अवधि अलग
फाइल तस्बिर।

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी जवान–हवल्दार र असई–सईको सेवा अवधि फरक बनाउन लागेको बताएका छन् ।

श्रेष्ठले संसद्मा जारी मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै जवान र हवल्दारलाई १६ वर्षमै अवकाश हुने व्यवस्था गर्दै असई र सईको १८ वर्ष नै कायम राख्ने प्रस्ताव तयार भएको बताएका हुन् ।

“प्रहरी संगठनभित्र प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई र सईको प्रोत्साहनको व्यवस्था राम्रो छैन । एसएसपीबाट नौ महिनामा डीआईजी, एआईजी हुँदै आईजीपीसम्म हुन सक्छन् तर, जवान, हवल्दारहरु १९–१९ वर्ष एउटै पदमा रहिरहँदा पीडित भइरहेका छन्,” श्रेष्ठले भने, “यसलाई सम्बोधन गर्न र क्याडर ल्याडर प्याट्रन मिलाउन पनि जवान, हवल्दार र सहायक हवल्दारलाई १६ वर्ष तथा असई र सईलाई १८ वर्ष सेवा अवधि पुगेपछि रिटायरमेन्ट दिने र २० वर्ष सेवा पुग्दा पेन्सन दिने व्यवस्था लागु गर्न गृह मन्त्रालयले आफ्नो प्रस्ताव तयार पारेर अन्य मन्त्रालयमा पठाइसकेको छ ।”

मन्त्री श्रेष्ठले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको पनि जानकारी दिए ।

“३० वर्षको सेवा अवधि हटाउने सन्दर्भमा सर्वोच्च अदालतको आदेशअनुसार कानुनमा नै व्यवस्था गर्नुपर्ने भएकाले नयाँ कानुनको मस्यौदा तयार भएको छ,” उनले भने, “त्यो कानुन यही सदनमा आउनेछ ।”

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro