site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकार एमालेले छुँदा पनि ढल्ने अवस्थामा छ : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिन मात्रै रहेको दाबी गरेका छन् । शुक्रबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताएका हुन् ।

उनले वर्तमान सरकार जनादेशअनुसार नबनेको पनि बताए । सरकारले जनतालाई डेलिभरी दिन नसकेको मात्रै नभएर राष्ट्र हितको प्रबर्द्धन गर्नसमेत नसकेको उनको भनाइ छ । 

उनले मुलुकको विकास, सुशासन र समृद्धिको पथमा हिँडाउन सामर्थ्य योग्यता प्रदर्शन गर्न नसकेको बताए । उनले बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिनसमेत नसकेको भन्दै सरकार अस्थिर, कमजोर बनेको आरोप लगाए ।

उनले अब वर्तमान सरकारको विकल्प आवश्यक देखिएको बताए । एमाललेले वर्तमान सरकार पाँच वर्ष टिकेको देख्न चाहे पनि परिस्थितिले सरकारको आयु लामो नदेखिएको उनको भनाइ छ ।

"थिङथिलो भएर मक्किएको सरकारलाई एमालेले सामान्य रूपमा छुँदा पनि ढल्ने अवस्था छ । तर, एमालेले त्यो गर्दैन," उनले भने । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro