site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दुई वर्षभित्र शतप्रतिशत विद्युत् पुर्‍याउँछौँ : मन्त्री बस्नेत
फाइल तस्बिर ।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्ष भित्रमा शतप्रतिशत विद्युत् विस्तार गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री बस्नेतले आगामी दुई वर्षभित्रमा शतप्रतिशत विद्युत् पुर्‍याउने बताएका हुन् ।

उनले कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेकका प्रदेशमा भने यसै वर्ष नै शतप्रतिशत विद्युतीकरणको काम पूरा गर्ने गरी बजेट विनियोजन गर्ने बताए ।

वर्षायाममा विद्युत आपूर्तिलाई सहज बनाउनका लागि एक महिनाभित्रमा दुईवटा ट्रान्समिसन लाइन थप्न लागेको उनले बताए ।

उनले विद्युत् उत्पादन, व्यापार, पूर्वाधार निर्माण, ट्रान्समिसन निर्माण र डिस्ट्रिब्युसन सिस्टमलाई अपग्रेड गर्ने कामलाई एकीकृत रूपमा गर्न लागिएको जानकारी दिए ।

 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro