site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक
फाइल तस्बिर।

काठमाडौं । नेकपा (माओेवादी केन्द्र)ले केन्द्रीय समिति बैठकको आह्वान गरेको छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा बैठक असार २३ गते ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्ने उल्लेख छ ।

पाँचबुँदे परिपत्रमा दुई महिने अभियानको समग्र समीक्षा गरी असार १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिइएको छ ।

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा घात, अन्तरघात, कमजोरी भए लिखित प्रतिवेदन असार १५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन सकिने सर्कुलरमा उल्लेख छ ।

यस्तै, लेबी बुझाउन बाँकी रहेका केन्द्रीय सदस्य, प्रदेशले बुझाउनुपर्ने २० प्रतिशत लेबी र ०७८ पुसमा भएको महाधिवेशनको हिसाब फछ्र्यौट गर्न बाँकी रहेका प्रदेशको हिसाब केन्द्रीय कमिटी बैठकअघि मिलान गर्न पनि सर्कुलरमा भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro