site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपा प्रवेश गरे अनिल केशरी शाह, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं । बैकर अनिल केशरी शाह राजनीतिमा होमिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका शाहले प्रशिक्षण विभाग प्रमुखको जिम्ेमवारी समेत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले विधानको ‘केन्द्रीय समितिका सदस्य मात्र विभागीय प्रमुख हुने’ व्यवस्था निलम्बन गर्दै शाहलाई प्रशिक्षण विभाग प्रमुख दिएको हो । “हाम्रो केन्द्रीय समिति बैठकको निर्णयअनुसार शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको हो,” केन्द्रीय सदस्य गणेश कार्कीले भने ।

यसअघि, रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा महामन्त्री मुकल ढकाल थिए । उनले जिम्मेवारी छोड्न तयार भएपछि शाहलाई विभागको जिम्मेवारी तोकिएको बताइएको छ ।

यस्तै, रास्वपामा अर्को महत्वपूर्ण मानिएको संगठन विभाग प्रमुखको जिम्मेवारीमा कविन्द्र बुर्लाकोटी छन् । आर्थिक विभागको जिम्मेवारी रास्वपा प्रवेश गरेसँगै तनहुँबाट निर्वाचित भएका डा. स्वर्णिम वाग्लेले पाएका छन् । रास्वपामा यस्ता ३६ विभाग बनिसकेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro