site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ उचाइमा पुगेको छ : पर्यटनमन्त्री
फाइल तस्बिर।

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाइ जसरी अघि बढिरहेको बताएका छन् ।

बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाइमा पुगेको बताए ।

योगा गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरुलाई पोखरा आह्वान गर्दै उनले नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको बताए ।

उनले पोखरालाई नेपाल, भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने बताए । उनले पोखराबाट भारतका विभिन्न सहरमा उडान हुनसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ हुने बताए ।

“पोखराबाट पटना, पोखराबाट भारतको चण्डीगढ, पोखराबाट भारतको गोरखपुर विमानस्थलमा हामीले उडान भर्नसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध प्रगाढ भएर जान्छ । इतिहासमा पनि पोखरा भारत, नेपाल र चीनको व्यापारिक ठूलो नाका थियो,” उनले भने, “नेपाल र भारतको सम्बन्ध पनि झनै हिमालझैँ उचाइमा बढिरहेको छ । प्रधानमन्त्रीको पछिल्लो भ्रमणले त्यो कुरालाई पुनः पुष्टि गरेको छ । कोशेढुंगा सावित भएको छ सम्बन्धमा ।”

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro