site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमत पार्टीले आठ जिल्लामा तोक्यो इन्चार्ज

काठमाडौं । जनमत पार्टीले आठ जिल्लामा इन्चार्ज तोकेको छ ।

पार्टीको कामकारबाही अगााडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज तोकिएको बताइएको छ ।

सुनसरी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुपाल्चोक, कन्चनपुर, मकवानपुर र सिन्धुलीमा इन्चार्ज तोकिएको जनमतका अध्यक्ष डा. सीके राउतले जानकारी दिए । केही जिल्लामा सहइन्चार्ज समेत तोकिएको छ ।

सुनसरीमा रामचन्द्र मेहता, नवलपरासीमा कृष्णकांत चौधरी, रुपन्देहीमा अर्जुनप्रसाद जयसवाल, कपिलवस्तुमा मनोज ओझा, सिन्धुपाल्चोकमा मंगलसिंह तामाङ, कन्चनपुरमा दिलकुमार चौधरी, मकवानपुरमा राधारमन सुवेदी र सिन्धुलीमा कौशल देवकोटालाई जिल्ला इन्चार्ज तोकिएको छ ।

नवलपरासीमा गीता पाण्डे, सिन्धुपाल्चोकमा लालबहादुर तामाङ, कन्चनपुरमा नरसिंह बडाल र मकवानपुरमा कोपिला नेपालीलाई सहइन्चार्ज तोकिएको जनमतले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro