site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था होस् : प्रमुख सचेतक पाण्डे
फाइल तस्बिर।

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढी, पहिरोका पीडितहरुलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बाढी, पहिरो पीडितलाई राहत, उद्धार र उचित क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन तीनवटै तहका सरकारको ध्यानाकर्षण गराए ।

“हालै ताप्लेजुङ, पाँचथर, संखुवासभालगायत पूर्वी पहाडमा ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछु,” उनले भने, “मृतकप्रति श्रद्धाञ्जली र परिवारका सदस्यहरुप्रति समवेदन व्यक्त गर्दै सम्पूर्ण प्रभावित परिवारप्रति सहानुभूतिका साथ तीनवटै तहका सरकारलाई शिघ्राधिशिघ्र उद्धार, उपचार, राहत र पुनर्निर्माणको लागि ध्यानाकर्षण गराउन चाहन्छु ।”

प्रमुख सचेतक पाण्डेले पीडितहरुलाई पुनर्वासको व्यवस्था गर्न पनि सरकारलाई ढिलाइ नगर्न सचेत गराए ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro