site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यो देश बनाउन सकिन्छ : विश्वप्रकाश शर्मा
फाइल तस्बिर।

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला टावर, ठूला एयरपोर्टले मात्रै देश समुन्नत नबन्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

देश समुन्नत छ कि छैन भनेर मापन गर्नेकुरा भनेको देशमा बाँचिरहेको श्रमिकले सास फेर्ने अवस्था छ कि भन्ने कुरालाई हेर्न आवश्यक रहेको उनले बताए । उनले श्रमिकले जीवनयापन सहज रुपमा गर्न नसकेसम्म देश समुन्नत हुन नसक्ने बताए ।

कांग्रेस संस्थापक नेता बीपी कोइरालाले श्रमिकको हकहितका लागि १५ वर्षे खाका बनाए पनि काम गर्ने समय नपाएको र अहिलेका नेताहरुले समय पाए पनि काम गर्ने योजना बनाउन नसकेको उनले बताए । यो देशलाई बनाउन सक्ने योजना र कार्यक्रम कांग्रेसले बनाइरहेको उनको भनाइ छ ।

“बीपी कोइरालासँग सपना थियो, समय थिएन । हामीसँग समय छ, त्यस किसिमको सपना छैन । हामीसँग व्यवस्थित सपना भएन । यो देशमा धरै कुरा भएको छ,” उनले भने, “गर्न धेरै बाँकी छ, यो देश बनाउन सकिन्छ ।”

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro