site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कानुनमन्त्री भन्छन्– परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूको उत्थान हुँदैन
फाइल तस्बिर ।

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूको उत्थान हुन नसक्ने बताएका छन् । 

सोमबारबाट काठमाडौंमा सुरु भएको ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले देशमा श्रमजीवी र परजीवी गरी दुई प्रकारका जीवी रहेको बताए । 

उनले भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम ट्रेड युनियन कांग्रेसले गर्नुपर्ने पनि बताए । 

"अब यो मुलुकमा एउटा प्रवृत्तिको जरो हल्लउने काम तपाईंहरूले नै गर्नुपर्छ । त्यो भनेको भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम तपाईहरूले गर्ने हो । नेपाली राजनीतिमा दुई वर्ग छन् । दुई वटा जीवी छन्  । एउटा श्रमजीवी र अर्को परजीवी । परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूको उत्थान हुन सक्दैन," उनले भने । 

मन्त्री गुरुङले मुलुक भ्रष्ट प्रवृत्तिका कारणले बन्न नसकेको भन्दै भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।

 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro