site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
लीलाराज दाहालका दुई गजल

एक 
बताऊ कथा ती ससाना पुराना
निकाली सजाई खजाना पुराना !

बढी भो कि के हो ककस्ले भरेका
निकाले यिनैले कि माना पुराना !

कि हामी यिनैका छलैमा थियौँ की
खुवाई पठाए कि दाना पुराना !

अहो प्रेमको यो निशानै हरायो
सजाई पठाए कि पाना पुराना !

चुहूँदो छ साह्रै झरीमा यताको
रहेका उदाङ्गै यि छाना पुराना !

दुई 
निराशाको झरी बिछोडको हुरी 
सहँदै छु अझै तिमीलाई कुरी !

तिमीलाई सर्वोपरि ठानेकाले 
देखायौ आज’नि फेरि चुरिफुरी !

पिरतीको डोरी खुकुलो भयो कि 
यो मनदेखि त्यो मन बढ्यो आज दूरी !

खेलिँदै छ खेल यो धोकाको अझै’नि 
कलेजीमा प्यारको रोपिँदै छ छुरी !

(वाग्मती ११, कर्मैया, सर्लाही)
 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro