site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
युट्युब मनिटाइज गर्न अब ५०० सब्सक्राइबर भए पुग्ने

काठमाडौं । युट्युबले पार्टनर प्रोग्राम (वाईपीपी)अन्तर्गत मनिटाइज गर्ने प्रक्रिया झनै सहज बनाएको छ ।

गुगलको स्वामित्वमा रहेको कम्पनीले पार्टनर प्रोग्रामका लागि अर्थात् च्यानल मनिटाइज गरेर आम्दानी गर्नका लागि चाहिने नयाँ प्रावधान सार्वजनिक गरेको हो ।

अब मनिटाइज गर्न आफ्नो च्यानलमा ५०० सब्सक्राइबर चाहिन्छ । यस्तै, पछिल्ला ९० दिनमा कम्तीमा तीन भिडियो अपलोड गरिएको हुनुपर्नेछ ।

अघिल्लो वर्ष उक्त च्यानलका भिडियोहरू तीन हजार घण्टा हेरिएका वा पछिल्ला ९० दिनमा युट्युब सर्ट भिडियो ३० लाखपटक हेरिएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।

यसअघि, च्यानल मनिटाइज गर्न एक हजार सब्सक्राइबर र अघिल्लो वर्ष चार हजार घण्टा भिडियो हेरिएको वा सर्ट भिडियोमा एक करोड भ्युज पुगेको हुनुपर्ने मापदण्ड थियो ।

युट्युबले यो नयाँ मापदण्ड सुरुमा अमेरिका, बेलायत, क्यानडा, ताइवान र दक्षिण कोरियामा लागु गरेको छ । यसलाई अरू देशमा पनि लागु गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले अमेरिकामा रहेका २० हजारभन्दा बढी सब्सक्राइबर भएका च्यानललाई ‘अफिलिएट सपिङ’ सुविधा समेत उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro