site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित प्रधानन्यायाधीश कार्की : असार १ मा अन्तिम सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका विषयमा संसदीय सुनुवाइ समितिमा छलफल भएको छ । सोमबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकमा सो विषयमा छलफल भएको हो ।

गएको वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो ।

शुक्रबारसम्म उजुरीका लागि दिइएको समयमा उनीविरुद्ध  २९ उजुरी परेका छन् ।

समितिसमक्ष कार्कीले आफ्ना कार्ययोजना प्रस्तुत गरेका छन् । आजको बैठकमा त्यो कार्ययोजना उपलब्ध गराइएको छ ।

समितिले यही जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गर्नेछ । जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने कार्यतालिका बैठकमा प्रस्तुत गरिएको छ ।

आउँदो असार १ गते अन्तिम सुनुवाइ गर्ने कार्यतालिका बैठकमा प्रस्तुत गरिएको छ ।

६५ वर्षे उमेरहदका कारण कार्कीले आउँदो साउन २० देखि अनिवार्य अवकाश पाउँदै छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro