site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिलाई सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री श्रेष्ठ
फाइल तस्बिर।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने बताएका छन् ।

आइतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यकता पूर्ति गर्न नसकिएको उल्लेख गरे । 

राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको उनले बताए । उनले राजनीतिबाट भागेर लोकतन्त्रको रक्षा गर्न र उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न सकिने स्पष्ट पारे ।

“राजनीतिलाई सफा नगरिकन यो देशमा परिवर्तन गर्न सकिँदैन । त्यो जिम्मा हामीमा छ, साथै सबै नागरिकमा छ,” उनले भने, “राजनीतिबाट भागेर होइन, राजनीतिमै रहेर हामीले बनाउने कि बर्बाद गर्ने भन्ने यसमै निहीत छ ।”

मन्त्री श्रेष्ठल १२ कक्षा पास गरिसकेपछि विदेश जाने क्रम नेपालका लागि संस्कृति जस्तो बन्न थालेको उल्लेख गरे । विकास र विज्ञानलाई मिसाएर नेपालको संस्कृतिको रक्षा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro