site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देश हितका पक्षमा चुइँक्क बोलिएन : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा देश हितका पक्षमा चुइँक्क पनि बोल्न नसकेको बताएका छन् । मित्रराष्ट्र भारतसँग आफ्नो देशको पीरमर्का समेत प्रधानमन्त्री प्रचण्डले राख्न नसकेको ओलीको आरोप छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा उनले वर्तमान सरकारलाई नालायकको संज्ञा दिए । यो देशकै लागि दुर्भाग्य भएको उनले बताए ।

देशको दुर्दिन सुरु हुनु युक्रेन ‘वार’को कारणले हो ? भन्दै उनले सरकारमाथि कटाक्ष समेत गरे ।

उनले प्रधानमन्त्री प्रचण्डले फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको टिप्पणी गरे ।

वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको उनको जिकिर छ । यस्तो सरकार हुँदा मुलुकमा ‘ग्रहण लाग्नु’ स्वाभाविक भएको उनले बताए ।

उनले वर्तमान सत्ता गठबन्धनले आफ्नो पार्टीको विरोध गरे पनि कमजोर बनाउन नसक्ने बताए । मुलुकको सुन्दर भविष्यका लागि एमालेले आउँदो निर्वाचनमा बहुमत ल्याउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro