site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसहित विचार मिल्ने पार्टीसँग एकता पहल गर्ने

काठमाडौं । नेपाल समाजवादी पार्टी नेकपा (माओवादी केन्द्र)सहितका विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीसँग समाजवादी मोर्चा बनाउँदै एकताको पहल गर्ने भएको छ ।

नेसपाको जेठ २५–२६ सम्म दुई दिन चलेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । “माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीहरूसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने,” निर्णयमा उल्लेख छ ।

बैठकले अध्यक्ष/सहअध्यक्षले प्रस्तुत गरेको प्रस्तावमाथि व्यापक छलफल गरी एकमतले पारित गरेको छ । समाजवादी केन्द्र÷ध्रुव निर्माणको लागि समाजवादकेन्द्रित कार्यक्रमसहित माओवादी पार्टीलाई एकताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको औपचारिक जवाफ आएपछि पार्टीले निर्णय गर्ने निर्णयमा उल्लेख छ ।

यस्तै, असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने पनि निर्णय भएको नेसपाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २१:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro