site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीबिना ओलीको सिंहदरबार यात्रा असम्भव : जनार्दन शर्मा 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद तथा निर्वतमान अर्थमन्त्री जर्नादन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।  शुक्रबारको प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलमा बोल्दै उनले माओवादीको सहयोगबिना ओली प्रधानमन्त्री बन्ने कल्पना समेत गर्न नसक्ने बताए । 

संविधान संघीयता धर्मनिरपेक्षता समावेशिता र समानुपातिक जस्ता मुद्धा माओवादीका विरासत भएको पनि दाबी गरे । 

“संविधान संघीयता धर्मनिरपेक्षता समावेशिता र समानुपातिक जस्ता मुद्धा माओवादीका विरासत हुन्,” उनले भने, “यसकै बलमा केपी ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउन पार्टीगत समूहगत र व्यक्तिगत रूपमा योगदान पुराएका हैनौं र याद रहोस् माओवादीको शक्तिबिना तपाईंको सिंहदरबार यात्रा कठिन छ र भइरहने छ । गत मंसिरको निर्वाचनमा तपाईको एकल एजेन्डा अनुमोदन नभएको र शक्तिको व्यापक क्षयिकरण भएको कुरा याद रहोस् ।” 

उनले नेपालको राजनीतिक इतिहासमा माओवादीविना अपूरो हुन्छ भन्दै उनले माओवादी पार्टीका आफ्नौ विशेषता भएको र कमी पनि भएको स्वीकार गरे ।  उनले ओलीलाई माओवादी चुम्बक भएको र एमाले धातु भएको भन्दै धातुमा चुम्बक टाँसिन नजाने र चुम्बकै धातु टाँसिन आउनुपर्ने बताए । 

“माओवादी अहिले संसद्मा तेस्रो पार्टी बनेको छ तर हामीसँग परिवर्तनको रापतापबाट आएको चुम्बकिय शक्ति थयावत् छ,” शर्माले भने, “चुम्बकिय शक्तिमा धातुहरूलाई आकर्षित गर्ने गुण हन्छ र धातुहरू यसमा टाँसिन्छन् । धातु चुम्बकमा टाँसिन्छ चुम्बक धातुमा होइन यो कुरा हेक्का रहोस् ।”

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro