site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ह्वाट्सएपले ल्यायो च्यानल फिचर

काठमाडौं । ह्वाट्सएपको मुख्य कम्पनी मेटाले बिहीबार 'व्हाट्सएप च्यानल' फिचर घोषणा गरेको छ । यो फिचरले निजी सन्देश प्रशारण गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

आउँदो महिनामा कोलम्बिया र सिंगापुरका प्रयोगकर्ताले सुरुमा च्यानल फिचर प्रयोग गर्न पाउने मेटाले बताएको छ ।

त्यसपछि अन्य देशका प्रयोगकर्ताहरूका लागि फिचर सार्वजनिक गर्ने कम्पनीले जनाएको रोयटर्सले लेखेको छ ।

प्रयोगकर्ताहरूले आफ्ना रुचीका विषय खेलकुद टिम, स्थानीय अधिकारीहरूबाट सूचना र अन्य जानकारी च्यानलबाट पाउनसक्ने कम्पनीले बताएको छ ।

च्यानल बनाउनको प्रोफाइल फोटो र सम्पर्क जानकारी फलोअरहरूले देख्न सक्नेछैनन् । यस्तै फलोअरहरूको फोन नम्बर पनि गोप्य रहनेछ ।

यो फिचरको प्रयोग विश्व स्वास्थ्य संगठन, एफसी बार्सिलोना र म्यानचेस्टर सिटीलगायतले गर्ने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro