site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
युगकवि सिद्धिचरण पुरस्कार जयराज आचार्यलाई

काठमाडौं । यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार प्रा. डा. जयराज आचार्यले पाएका छन् । युगकवि सिद्धिचरण प्रतिष्ठानले गरेको निर्णयअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कार प्रदान गरिएको हो ।

सिद्धिचरणको ११२औँ जन्मजयन्तिका अवसरमा सोमबार शीतलनिवासमा भाषा, साहित्य र कुटनीतिक क्षेत्रमा पुर्‍याएको योगदानका लागि डा आचार्यलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।

यस्तै, राष्ट्रपति पौडेलले यसवर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार चेतनाथ धमलालाई प्रदान गरे । सिद्धिचरण युवा पत्रकारिता पुरस्कारको राशि २५ हजार नगदसहित सम्मानपत्र रहेको छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइला, संरक्षक तथा युगकवि श्रेष्ठका छोरा रविचरण श्रेष्ठ, प्रा.डा मोहन लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro