site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
खोकना, बुङ्मतीको संस्कृतिको रक्षा हुने गरी तराई–मधेस द्रुतमार्ग निर्माण हुन्छ : गृहमन्त्री
फाइल तस्बिर।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले खोकना बुङ्मतीको संस्कृतिको रक्षा हुने गरी तराई–मधेस द्रुतमार्ग निर्माण हुने बताएका छन् । 

आइतबार ललितपुरको खोकनामा ललितपुर महानगर–२१ को आयोजनामा नवप्रवेशी देवगणहरुको स्वागत तथा सम्मान कार्यक्रममा श्रेष्ठले द्रुतमार्गको आवश्यकता रहेको भन्दै खोकना बुङ्मतीलगायतका स्थानको ऐतिहासिकता र पहिचान र संस्कृतिको रक्षा गर्ने गरी फास्ट ट्रयाकका बारेमा उपयुक्त निर्णय हुने बताए । 

द्रुतमार्गका विषयमा स्थानीयले गरेको संघर्ष र मागका बारेमा अध्ययन गर्न उपप्रधान एवं रक्षामन्त्रीको संयोजकत्वमा कार्यदल बनेको अवस्थामा कार्यदलले सही निर्णय गर्ने विश्वास उनले व्यक्त गरे । 

मुलुकको संस्कृति जगेर्नाका लागि देवगणलगायत स्थानीयहरुले खेलेको भूमिकाको उनले प्रशंसा गरे । 

ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा नवप्रवेशी देवगणहरुको स्वागत तथा सम्मान गरिएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro