site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डेंगीबारे श्रेष्ठको संकल्प प्रस्ताव दर्ता 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले डेंगी रोगको रोकथामसम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्ताव आइतबार संसद् सचिवालयमा दर्ता भएको हो । 

“डेंगु रोगको प्रकृतिअनुसार यो एक प्रकारको भाइरल इन्फेक्सन भएको, लामखुट्टेको माध्यमबाट यो एक मानिसबाट अर्को मानिसमा सर्ने भएको र यसले महामारीको रुप लिएको खण्डमा जनधनको अपूरणीय क्षति हुन सक्ने सम्भावनालाई यस वर्षको वर्षायाम सुरु हुनुअगावै यसको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार ब्यवस्थाका लागि संसद्मा गम्भीर रूपले छलफल गरी नेपाल सरकारलाई निर्देशन दिने,” उनको प्रस्तावमा भनिएको छ ।

sankalpa prastap11685867094.jpg

sankalpa prastap21685867288.jpg

sankalpa prastap31685867097.jpg

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro