site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनी र कपिलवस्तु भारतको नक्सामा पारिएकोबारे प्रधानमन्त्रीको भारत भ्रमणमा कुरा उठाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने विषय उठाउन माग गरेको छ ।

पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै स्वाधीनतासँग प्रतिकूल हुने कुनै पनि कदम स्वीकार्य नहुने बताएका छन् । उनले उक्त विषयमा सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेका छन् ।

“भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि रहेको भन्ने विभिन्न सञ्चारमाध्यबाट सार्वजनिक भएको समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानार्कषण भएको छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकूल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य छैन,” विज्ञप्तिमा उल्लेख छ ।

May be an image of text

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro