site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री बुधबार दिउँसो १ बजे नेपाल एयरलाइन्समार्फत भारत जाने 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने समय तय भएको छ ।

बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमण दलमा ६० जनाभन्दा कमै हुने बताइएको छ ।

“बुधबार दिउँसो १ बजे नेपाल एयरलाइन्सबाट जाने तय भएको छ,” सचिवालय स्रोतले बाह्रखरीसित भन्यो, “भ्रमण टोलीमा ६० जनाभन्दा कम नै सहभागी हुने तयारी भएको छ ।”

प्रधानमन्त्री प्रचण्ड चारदिने भ्रमणका लागि बुधबार (भोलि) भारत जान लागेका हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro