site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय समितिको सभापति चयन गर्न सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापति चयन गर्न निर्देशन दिएका छन् । 

कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा सभामुख घिमिरेले सहमति भएमा सातदिनभित्र र नभएर प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् । उनले संसदीय समितिहरुको नेतृत्व चय हुदाँ कामले गति लिन नसकेको बताए । 

“संसदीय समितिहरूको नेतृत्व चयन नहुँदा कामले गति लिएको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ,” सभामुख घिमिरेले भने, “सभापति चयन नहुँदा विधेयकहरूको छलफलले गति लिएको छैन । तपाईंहरूले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया (निर्वाचन)बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस् ।”
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro