site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई नेविसंंघले भन्यो- भ्रष्टाचारविरुद्धको कदममा साथ छ, शैक्षिक रुपान्तरणमा भूमिका खेल्नुस्

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसंघले प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचार विरोधी अभियानमा साथ रहेको बताएको छ ।

साथै, नेविसंघले प्रधानमन्त्रीसँग विभिन्न मागहरु राखेको छ । संगठनको तर्फबाट आफ्ना मागहरु प्रस्तुत गर्दै अध्यक्ष दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने भन्दै विभिन्न माग राखे ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताए । साथै, शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविष्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोसिस भइराखेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro