site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली भन्छन्– एउटा खुट्टा उचालेर ट्वाक्क ढुंगा हानेको अस्तिजस्तो लाग्छ, समय गइसकेछ 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई कसैसँग झर्किएर नबोल्न आग्रह गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा शुक्रबार ओलीले जनप्रधिनिलाई राम्रोसँग बोल्न आग्रह गरे ।

देशद्रोही र भ्रष्टहरूबारे भने कडा बोल्दा हुने बताए । उनले उनले आफूहरू जवाफदेही भएकाले झर्किर बोल्न नहुने बताए । 

“हामी जिम्मेवारीमा छौँ । जवाफदेही मान्छे हो,” उनले भने,“ एउटा आग्रह गर्न चाहन्छु, हरेक समय आफूलाई प्रश्न गर्नुस् । मैले यतिबेला मैले यही काम गर्नुपर्थ्यो ।”

ओलीले जनप्रतिनिधिको समय छिटै सकिने भएकाले राम्रा कामको प्रचार गर्न आग्रह पनि गरे । जनप्रतिनिधिहरूले संवेदनीशल र विनम्र भएर काम गर्नुपर्ने उनको भनाइ छ ।

उनले आफू बच्चा भएको हिजोअस्ति जस्तो लागेको सुनाए । 

“अस्तिजस्तो लाग्छ ढुंगाको ढक्का फ्याक्दै एउटा खुट्टा उचालेर ट्वाक्क ट्वाक्क हान्दै हिँडेको बच्चो । हिजो अस्तिजस्तो लाग्छ । समय त गइसकेछ,” ओलीले भने ।

उनले आफूले झापा आन्दोलन थालेको ५३ वर्ष बितेको पनि स्मरण गरे ।

ओलीले आफ्नो सबै समय सही सदुपयोग गरेको भए राम्रो हुन्थ्यो भन्ने आफूलाई लागेको समेत बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro