site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले सांसदको अवरोधपछि मधेस प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित

जनकपुरधाम । नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेपछि मधेस प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । बिहीबार पहिलो अधिवेशनको १४औँ बैठकमा एमालेका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

ससर्त अनुदानका विषयमा अवाज उठाउँदा सरकार पक्षबाट कुनै जवाफ नआएकाले सदन अवरुद्ध गर्नुपरेको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए ।

सभामुख रामचन्द्र मण्डलले दुईपटक उनीहरूलाई आफ्नो आसनमा बस्न आग्रह गरेका थिए । त्यसबारेमा पछि छलफल गरिने सभामुखले आश्वासन समेत दिएका थिए । तर, सांसदहरू नमानेपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि बैठक स्थगित गरिएको घोषणा गरे ।

प्रदेश सरकारले दिने सर्सत अनुदान स्थानीय सरकारले कमिसन लिएर वितरण गरिएको सांसदहरूको आरोप छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro