site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टचारमा शून्य सहनशीलताका साथ देश र जनताको हितमा काम गर्छु : नवनियुक्त वनमन्त्री महतो 

काठमाडौं । नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रकुमार महतोले राष्ट्र र जनताको हित हुने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

बुधबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री महतोले भ्रष्टचारमा शून्य सहनशीलताका साथ देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाए । 

उनले अहिलेको आर्थिक संकटमा नेपालको जडिबुटीलगायतलाई प्रोत्साहन गरेर निर्यात गर्ने गर्दै विदेशी मुद्रा आर्जन गर्नुपर्ने बताए । 

त्यस्तै, वर्षौँदेखि कुहिएर रहेको काठलाई प्रयोग गर्न सहजीकरण गरेर स्वदेशमा खपत गरी विदेशमा समेत निर्यात गर्ने योजना बनाउने उनले बताए । 

मन्त्री महत्तोले वातावरणमा असर पार्ने उद्योगहरुलाई निगरानी गरेर वातावरणलाई असर नपार्ने गरी सञ्चालनका लागि पनि आफूले पहल गर्ने जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro