site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको फिल्म यति काँटछाट भयो कि रास्वपाले हेर्न नसक्ने भयो : शिशिर खनाल
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले देखाउँछु भनेको फिल्म हेर्न प्रतिक्षारत रहे पनि फिल्म हेर्नै नमिल्नेगरी काँटछाट भएको बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा केही व्यक्तिहरु पक्राउ पर्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘यो त ट्रेलर मात्र हो, फिल्म आउन बाँकी छ’ भनेका थिए । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद खनालले प्रधानमन्त्रीले देखाउँछु भनेको फिल्मको प्रतिक्षामा बसेका आफूजस्तालाई फिल्ममा गरिएको काँटछाटले निराश बनाएको बताए ।

“प्रधानमन्त्रीले देखाउँछु भनेको फिल्म हेर्न प्रतिक्षा गरेका बसेका थियौँ । तर, फिल्म यति काँटछाट भयो कि अब रास्वपा त्यो फिल्म हेर्न सक्दैन,” खनालले भने, “अब यसको विषयमा संसदीय छानबिन गर्नु अवश्यक छ ।”

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro