site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद सापकोटा भन्छन्– दलहरूबीचको विवादले राजतन्त्र फर्कँदैन, पूर्वराजासँग किन तर्सनु ?
फाइल तस्बिर।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताबाट तर्सिनु नपर्ने बताएका छन् । 

मंगलबार संघीय संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दलहरुको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने स्पष्ट पारे । 

“किन तर्सिनु ? तर्सिनै पर्दैन । हामीहरु अहिले पार्टीहरुका बीचमा विवाद गर्‍यौँ, बहस गर्‍यौँ, झमेला गर्‍यौँ भनेर यो व्यवस्था नै फेल भयो भन्न मिल्छ ?,” उनले भने, “हामीले लोकतन्त्र ल्याउने, गणतन्त्र भनेका हौँ । वादविवादको बीचबाट एउटा सम्वाद निकालेर जान्छौँ भनेको हो ।”

गणतन्त्रात्मक व्यवस्था फेल नभएको भन्दै उनले राजतन्त्र नफर्किने बताए । 

“अहिले समृद्धिको यात्रामा पनि फेरि सबै दलहरु एकै ठाउँमा आउनुको विकल्प छैन । हाम्रो कार्यशैली, सोच्ने शैलीमा हामीले पुनरवलोकन गर्नुपर्छ,” उनले भने, “पुनःविचार गर्नुपर्छ । तर यो व्यवस्था फेल भएको छैन ।”

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro