site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेश : तीन मन्त्रीले लिए शपथ, सुरिता र कुशवाहको जिम्मेवारी खोसियो

जनकपुरधाम । मधेस प्रदेश सरकारमा तीन मन्त्री थपिएका छन् । मंगलबार प्रदेश सरकारका नयाँ तीन मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपाली कांग्रेसबाट दुई र नेकपा (एकीकृत समाजवादी)बाट एक मन्त्रीले शपथग्रहण गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका कृष्णाप्रसाद यादवले भौतिक पूर्वाधार विकासमन्त्री, सोही पार्टीका वीरेन्द्रप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या र नेकपा एसबाट गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्री पदको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ खुवाए । 

यसअघि, भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्रीमा जनमत पार्टीका इन्जिनियर वसन्त कुशवाह थिए । उनको ठाउँमा न्यौपानेलाई ल्याइएको छ भने स्वास्थ्य तथा जनसंख्याबाट जसपाकी नेतृ सुरिता साहलाई हटाएर कांग्रेसका वीरेन्द्र सिंहलाई जिम्मेवारी दिइएको छ । 

साह र कुशवाह अहिले बिनाविभागीय मन्त्री छन् । पछि सरकारले व्यवस्थापन गर्ने बताइएको छ ।

आज मन्त्री पदमा शपथ खाएका कृष्णप्रसाद यादव रौतहट निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’, वीरेन्द्रप्रसाद सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ र न्यौपाने सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’बाट निर्वाचित हुन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro