site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नीति तथा कार्यक्रम परम्परागत भयो भन्नु तर्कसंगत होइन : प्रधानमन्त्री
फाइल तस्बिर।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम दस्तावेजमा सबै विषय समेट्न नसकिने धारणा राखेका छन् । उनले नीति कार्यक्रममा थुप्रै नयाँ कार्यक्रम समावेश गरिएको भन्दै देशको आवश्यकतासँग सम्बन्धित विषयहरू समेटिएको बताए ।

मंगलबार राष्ट्रियसभामा ०८०÷०८१ को नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूमाथि जवाफ दिँदै उनले नीति कार्यक्रमलाई निरन्तरता हो भन्ने हलुका टिप्पणी गर्न उचित नहुने धारणा राखे ।

“आर्थिक, सामाजिक रुपान्तरणको नवीन सोचहरू समेटिएका छन् । यस दस्तावेजमा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा कार्यहरुलाई निरन्तरता पनि दिइएको छ,” उनले भने, “त्यसको आधारमा यसलाई परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्कसंगत हुँदैन ।”

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro