site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सदनमा गोकुल–हितराजको सवालजवाफ : हिजो भ्रष्टाचारको छानबिन गर्ने बेलामा के गर्यौँ ?
फाइल तस्बिर।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाको अभिव्यक्तिप्रति प्रश्न उठाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा पाण्डेले अहिले व्यंग्य गर्ने बेला नभएको बताए ।

“अहिले कुरा गर्ने बेला होइन । व्यंग्य गर्ने बेला होइन, गफ गर्ने बेला होइन । नेपाली जनताले हेरिरहेका छन्, भ्रष्टाचार के भएको छ । कमिसन खोरले कहाँ पुगेको छ । हामीले कसरी काम गरिहेका छौँ ?,” उनले भने ।

पाण्डेले बास्कोटालाई आफैंतिर फर्केर हेर्न आग्रह गरे । भ्रष्टाचारको छानबिनको बेला के गरिएको थियो भन्दै प्रश्न गरे ।

“म एकपटक आफैंंतिर फर्कन, विशेषतः अहिले भर्खरै मञ्चमा आएर राख्ने मान्य सदस्यलाई प्रश्न सोध्न चाहन्छु, हामी कसरी काम गरिरहेका छौँ ? हामीले हिजो कसरी काम गर्यौँ ? भ्रष्टाचारको स्थिति के थियो ? तिनको छानबिन गर्ने बेलामा के गर्यौँ ?,” उनले भने ।

पाण्डेअघि बोलेका एमाले सांसद बास्कोटाले सत्तापक्षले आफ्नो कमजोरी लुकाउन प्रतिपक्षमाथि तेजोवध गरिरहेको बताएका थिए ।

“सत्तापक्षले सुन्ने धैर्यता राख्ला भन्ने थियो । तर, सत्तापक्ष आफ्नो कमजोरी लुकाउन प्रतिपक्षको तेजोवध गर्ने र तीव्र आलोचनामा उत्रिने गरेको देख्दा छक्क परेँ,” उनले भनेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro