site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदले भने– बैंकसम्म सुरक्षित छैन, दोषीलाई कारबाही गरियोस्
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले रौतहटस्थित चन्द्रनिगाहापुरको माछापुच्छ्रे बैंकबाट सर्वसाधारणको नौ लाख रुपैयाँ गायब गरिएको भन्दै दोषीउपर कारबाही गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले अपराधीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याउन माग गरे ।

“अत्यन्त विडम्बनाको घटना छ, रौतहटको चन्द्रनिगाहापुरमा माछापुच्छ्रे बैंकमा एउटा किसानले छोरीको विवाह गर्नलाई वृन्दावन नगरपालिका वडा नम्बर–३, रामेश्वर यादवले माछापुच्छ्रे बैंकमा १२ लाख रुपैयाँ जम्मा गरियो । जम्मा भएको रेकर्ड मोबाइलमा आयो । झिक्न जाँदा उहाँको नौ लाख रुपैयाँ पैसा छैन । कसले ह्याक गरेर लग्यो ?,” उनले भने, “बैंकसम्म सुरक्षित छैन । त्यस्तो अपराधीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याएर कारबाही गरेर तत्काल त्यो पैसा बैंकले उपलब्ध गराएर दोषीलाई कारबाही गर्न माग गर्न चाहन्छु ।”

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro