site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कम्युनिष्ट दल भ्रष्टीकरणमा फसिसके, कांग्रेस दिशाहीन भएको छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरु भ्रष्टीकरणमा फसिसकेको आरोप लगाएका छन् । 

शनिबार समाजवादी पार्टी जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भट्टराईले आफूलाई कम्युनिष्ट भन्ने नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)मा राज्यसंयन्त्र कब्जा गर्ने र पूरै भ्रष्टीकरण भएर जाने देखिएको आरोप लगाए । 

त्यस्तै, उनले कांग्रेस पुरानो विचार लिएर दिशाहीन भएर बसेको र विविधथरिको खिचडी जस्तो पार्टी भएकाले कांग्रेस, एमाले र माओवादीले देशको समस्या हल गर्न नसक्ने जिकिर गरे । 

भट्टराईले राप्रपा भन्ने पार्टी राजतन्त्रको भूत भएको र त्यसबाट तर्सनुपर्ने पर्ने अवस्था नरहेको उल्लेख गरे । अहिले आएका नयाँ भन्ने पार्टीहरुलाई भने अहिले नै खराब भन्न नमिल्ने भए पनि उनिहरुमा कुनै विचार र योजना तथा नीति नै नरहेको उनले टिप्पणी गरे । 

एउटै चिह्नबाट चूनाव लडेकाले आफ्नो पार्टी र माओवादीको एउटै संसदीय दल भए पनि माओवादीसँग कुनै एकता नभएको उनले बताए । 

अध्यक्ष भट्टराईले ज्येष्ठ २५ र २६ गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र अहिलेसम्मको समीक्षाका साथ भावी योजना तयार गर्ने जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro