site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मेरो भारत भ्रमणले नयाँ रेकर्ड बनाउनेछ : प्रधानमन्त्री
फाइल तस्बिर।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकट भविष्यमा हुने आफ्नो भारत भ्रमणका क्रममा नयाँ रेकर्ड बनाउने बताएका छन् । 

शनिबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा मुलुकको पक्षमा नयाँ रेकर्ड बनाउने तयारी भइरहेको जानकारी दिए । उनले केही रेकर्डहरु नेपाल राष्ट्र र नेपालीको पक्षमा बनाउने आफ्नो तयारी रहेको जिकिर गरे । 

प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु छलफलमा बस्दा भ्रष्टाचारविरुद्धको अभियानलाई कमजोर बनाउने हो कि भन्ने आशंका उत्पन्न भए पनि आफूहरु संसद्लाई सहज रुपमा अघि बढाउन छलफलमा बसेको स्पष्ट पारे । 

अहिले पनि केही मान्छेहरुबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको भन्दै शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरु फेरि एक ठाउँ उभिनुपर्ने स्थिति देखा परेर नै छलफलमा बसेको बताए । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि नछुट्ने र निर्दोष कोही पनि नपर्ने गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा तल्लो वर्ग, उत्पादन, रोजगारी सिर्जनालगायतका विषयलाई प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro