site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेशसभाको बैठक बस्दै, प्रतिवेदन प्रस्तुत गरिने

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेशसभाको बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन, २०७९ अर्थमन्त्री सञ्जयकुमार यादवले बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

यसअघि, यही जेठ २ गते प्रदेशसभाको नवौँ बैठक बसेको थियो । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro