site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कारागारबाटै रेशम चौधरीको विज्ञप्ति : सर्वोच्चको फैसलाप्रति पुनरवलोकनमा जाने संकेत

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले सर्वोच्च अदालतको फैसलाप्रति पुनरवलोकनमा जाने संकेत गरेका छन् । बुधबार डिल्लीबजार कारागारबाट विज्ञप्ति जारी गर्दै उनले टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै पुनरवलोकनको बाटो खुला रहेको बताएका हुन् । 

“जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ । तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न,” विज्ञप्तिमा उनले लेखेका छन्, “टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरवलोकनको बाटो हाम्रा लागि खुला छ ।” 

टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि उनले आग्रह गरेका छन् । “मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ । हामी अझै न्यायको पर्खाइमा छौँ,” विज्ञप्तिमा उल्लेख छ । 

आफू स्वस्थ रहेको र विचलित नभएको भन्दै पुस्तक लेखिरहेको पनि उनले जानकारी दिएका छन् । केही दिनमै ‘धरातल’ नामक पुस्तक सार्वजनिक गर्ने उनले बताएका छन् । 

121684311016.png

सर्वोच्च अदालतले चौधरीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्ने उच्च अदालतको फैसला सदर गरेको थियो । टीकापुर घटनामा उच्च अदालत दिपायलले चौधरीसहितलाई जन्मकैदको फैसला गरेको थियो ।

०७२ भदौ ७ मा कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको अभियोगमा चौधरीले डिल्लीबजारको कारागारमा सजाय काटिरहेका छन् । 

उनी टीकापुर घटनाका मुख्य योजनाकार मानिएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro