site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नक्कली शरणार्थी प्रकरणबारे विश्वप्रकाश शर्माले मागे सरकारको जवाफ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरेका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको अनुसन्धानको प्रक्रियाबारे जवाफ दिनुपर्ने बताएका हुन् ।

‍सांसद शर्माले सरकारले नक्कली शरणार्थीमा छानबिनका लागि सबै दलको समर्थन पाएको भन्दै दोषी नउम्किने र निर्दोष नफस्ने गरी कारबाही अघि बढाउनुपर्ने बताए ।

"नक्कली भुटानी शरणार्थी प्रकरणबारे हामी सुसूचित हुन जरुरी छ । दोषीहरू कोही नछुटून्, निर्दोष कोही नफसून भनेर हामी सबै राजनीतिक दलहरूले भनेका नै छौँ, सबै सहमत नै छौँ । यसमा गृहमन्त्रीज्यूको भनाइ हामीले सुन्न पाएका छैनौँ," उनले भने ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro