site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन होस् : सांसद खतिवडा
फाइल तस्बिर।

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारलाई दबाब दिएका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनमाथि आशंका भइरहेका बेला उनले दोषीलाई उम्कन नदिने गरी सो प्रकरणको छानबिन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

बुधबार प्रतिनिधिसभा बैठकका शून्य समयमा बोल्दै सांसद खतिवडाले कतिपय भूकम्पपीडितहरुले अझै पनि अनुदानबापतको दोस्रो र तेस्रो किस्ता रकम नपाएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताए । 

सांसद खतिवडाले बाँकी रहेका भूकम्पपीडितलाई अनुदान दिने काममा ढिलाइ नगर्न आफूले पटकपटक सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको गुनासो गरे । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro