site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समयमै लेखापरीक्षण नबुझाउने दललाई कारबाही गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले समयमै लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई कारबाहीको तयारी गरेको छ । निर्धारित सयमभित्र लेखापरीक्षण नबुझाउने र ढिला पेस गर्ने दललाई स्पष्टीकरण सोध्ने तयारी गरिएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । 

अहिलेसम्म ८२ दलले प्रतिवेदन बुझाएका छन् । आर्थिक वर्षको ६ महिनाभित्र दलहरूले लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाउनुपर्ने हुन्छ । 

“लेखापरीक्षण प्रतिवेदन ८२ दलले पेस गरेका छन् । ९ वटा दलले ढिला पेस गरेका छन् । लेखापरीक्षण नगराउने १६ दलले गरेका छैनन्,” उनले बाह्रखरीसँग भने, “पाँचवटा दलले लगातार दुई वर्षदेखि लेखापरीक्षण प्रतिवेदन बुझाएका छैनन् । प्रतिवेदन नबुझाउने र ढिला बुझाउने दललाई सात दिने स्पष्टीकरण सोध्ने तयारी गरेका छौँ ।”

स्पष्टीकरणको जवाफको आधारमा कारबाहीको प्रक्रिया अघि बढ्ने उनले बताए । आयोगलाई दल खारेज गर्न सक्नेसम्मको अधिकार छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro